Tuesday, April 21, 2026

सर्लाहीबाट एमालेका १६ हजार कार्यकर्ता चितवन प्रस्थान

पछिल्लाे समाचार


सर्लाही , १० मङ्सिर //
नेकपा एमालेको आजदेखि चितवनमा सुरु हुने १० औँ महाधिवेशनमा सर्लाहीबाट १६ हजारको हाराहारीमा कार्यकर्ताहरु गएका छन्।
कार्यकर्ताहरुलाई चितवन लगेर ल्याउनका लागि करिव डेढ सयवटा ठूला बसहरु रिर्जभ गरिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिएका छन्।
उनका अनुसार १३५ वटा भन्दा बढी स्कारपियो र अन्य दर्जनौँ साना जीप तथा कारहरुमा नेता कार्यकर्ताहरु चितवन प्रस्थान गरेका छन्।
रिर्जभ गरिएका बसहरुमध्ये कतिपय राती नै र केही आज बिहान चितवनका लागि हिँडेका छन् ।

आज दिउँसो महाधिवेशनको उद्घाटन सत्र सकिएपछि रिर्जभ गरिएका बसहरु पुनः कार्यकर्ता लिएर आजै राती सर्लाही आइपुग्ने अध्यक्ष साहले जानकारी बताए ।
नेकपा एमाले सर्लाहीको केही दिनअघि हरिपुरमा बसेको बैठकले नै महाधिवेशनमा १६ हजार कार्यकर्ता चितवन लाने निर्णय गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु