Monday, April 27, 2026

चन्द्रपुरका तिमल्सिना न्यानो कपडा वितरण अभियानमा

पछिल्लाे समाचार


रौतहट , ६ पुष //
बिगत केही बर्ष देखी गरिव तथा विपन्नका लागि न्यानो कपडा वितरण गर्दै आएका चन्द्रपुरका केदार प्रसाद तिमलसिना यस बर्ष पनि सोहि अभियानमा लागेका छन्।

उनले रौतहटका गरिव तथा बिपन्नहरुलाई हरेक बर्ष गाउगाउमा पुगेर न्यानो कपडा वितरण गर्दै आएका छन्।

सेलिब्रेटी रिक्सा चालकका रुपमा परिचित तिमलसिनाले यस बर्षपनि जाडो बढेपछि जिल्लाका मुसहर बस्तीका गरिव तथा बिपन्नका लागि न्यानो कपडाको खोजी कार्य सुरु गरेका छन् ।

देश तथा बिदेशमा बस्ने नेपालीहरुबाट संकलन गरेको न्यानो कपडा उनले आफ्नै खर्चमा जिल्लाका बिभिन्न गाउमा लगेर निशूलक वितरण गर्दै आएका छन् ।

उनले यस बर्षको जाडोबाट बिपन्नलाई बंचाउनका लागि समाजिक संजाल फेसबुक मार्फत सबैसंग आग्रह गरेको बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु