Tuesday, April 28, 2026

भन्सार कर्मचारी को जनविरोधी कार्य प्रति नेपाल पत्रकार महासंघको बिरोध

पछिल्लाे समाचार


रौतहट , २ पुष //
रौतहटको भन्सार कर्मचारी को जनविरोधी कार्य प्रति नेपाल पत्रकार महासंघले बिरोध जनाएको छ।

नेपाल पत्रकार महासंघ राैतहट शाखा का अध्यक्ष प्रेमचन्द्र झाले जिल्लाको जनताहरुलाई दुख दिने काम बन्द गर्न भन्सार प्रमुख सुशील शर्मासंग आग्रह समेत गरेका छन्।

रौतहटका बासिन्दाहरु आफ्नो व्यक्तिगत प्रयोगको लागि दैनिक प्रयोग गर्ने सामानहरु नुन,तेल,मसाला र लुगा-कपडा लगाएतका सामग्री सस्तो मुल्यमा खरिद गर्न पाउने भएकोले बैरगनियाबाटै किन्ने गर्दछ।

तर किनेर ल्याएको सामानहरु भन्सारका कर्मचारीले सर्वसाधारणलाई लुटने कार्य मात्रै गरिरहेको सर्वसाधारण को गुनासो छ ।

भन्सार कर्मचारीले गरेको काम निन्दनिय रहेको भन्दै त्यस्ता कार्य तत्तकाल रोक्न अध्यक्ष झाले भन्सार लगायत स्थानीय प्रशासन संग अनुरोध गरेका छन् ।
भन्सार प्रमुख शर्माको साथै कर्मचारीहरु पनि बिहिबार सयौं व्यक्तिहरु संग लाखौंको दैनिक उभोग्य बस्तुहरु लुटेको अध्यक्ष झा को दाबी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु