Tuesday, April 21, 2026

बलेरीमा टोलटोलमा घरेलु मदिरा

पछिल्लाे समाचार


रौतहट , २२ मंसिर //
बृन्दावन नगरपालिका वडा नं–१ स्थित बलरीमा खुल्याम रुपमा मदिरा उत्पादन गरि जिल्लाको विभिन्न स्थानमा ओसार पसार हुने गरेको पाइएको छ।
टोलटोलमा खुल्याम रुपमा मदिरा बनेपनी ईलाका प्रहरी कार्यालय गरुडा वा बिश्रामपुर प्रहरी चौकीले रोक्ने प्रयास समेत नगरेको स्थानियले बताएका छन्।
उनिहरुले कच्चा पदार्थबाट मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा ओसार पसार गर्ने गरेको स्थानियले बताएका छन्।
बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट मदिरा सेवन कर्ताहरु आउनेगरेको स्थानीयको भनाई रहेको छ ।
उनीहरुले गाउँमा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने माग गरेका छन् । यता बिश्रामपुर प्रहरी चौकी सँग सो बिषयमा बुझ्दा प्रहरीले पटक–पटक मदिरा उत्पादन बन्द गर्न भने पनि भोटे वस्तीले नटेरेको बताएका छन् ।

मदिरा उत्पादन न रोक्नुको मुख्य कारण गाउँकै केही पद अधिकारी व्यक्तिहरुको मिलोमतो रहेका कारण मदिरा उत्पादन नरोकेको स्थानियको आरोप छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु