रौतहट , १५ पुष //
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा रहेको एक आधारभुत विद्यालयका विद्यार्थीहरु चिसो भुइमा बसेर पढ्न बाध्य भएका छन्।
पुरानो भवन भत्काएको महिनौ बितिसक्दा पनि नंया भवन नबन्दा बालबालिकाहरु चिसो भुइँमा पलेटी कसेर पढ्न वाध्य भएका हुन्।
गत बैशाख महिनामा नगरपालिकाले नया भवन बनाउने भन्दै पुरानो पाचकोठे भवन भत्काएको थियो । कोरोनाको माहामारी र लकडाउनको अवधिमा विद्यालय बन्द रहेको समयमा पुरानो भवन भत्काएर नया भवन बनाउने लक्ष्य लिएपनि अहिलेसम्म सुरुवात समेत भएको छैन् ।
विद्यालयमा पठपाठन सुरु भएको पनि ६ महिना बितिसक्दा पनि नया भवन नहुदा र भएको भवन पनि भत्किदा बालबालिकाहरु विद्यालयको चौरमा , वरन्डाको चिसो भुइमा बसेर पढ्न वाध्य भएका छन् ।
यसरी पढ्दा आफुहरुको पढाइमा निकै नराम्रो असर परिरहेको विद्यार्थीहरुको गुनासो छ। बाल विकास देखि कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा ५ सय हाराहारी विद्यार्थी छन् ।
विद्यार्थीहरुलाई राखेर पढाउन कक्षा अपुुग भएपछि विद्यालयले ३ वटा कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर वहुकक्षा संचालन गर्दै आइरहेको छ ।
जसले कक्षा सो विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित भएको छ । विद्यालयमा बसेर पढ्ने ठाउ नभएर आधाजस्तो विद्यार्थीहरु विद्यालयनै आउन छाडेको स्थानिय बताउँछन् ।
विशेषगरी गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने विद्यालय भएर पनि जनप्रतिनिधीहरुले वेवास्ता गरेको स्थानियको आरोप छ ।
विद्यालय वरपर नया भवन निमार्ण गर्न भनेर ल्याइएका रड, इटा , सिमेन्ट , वालुवा यत्रतत्र छरिएका छन् । यसरी जथाभावी राखिएका निमार्ण सामाग्रहरुले विद्याथीहरुलाई चोटपटक लाग्ने समस्या उत्तिकै रहेको छ ।
विद्यालयको अवस्था हेर्दा कतैपनि अध्ययन , अध्यापनको वातावरणनै देखिदैन् । यता विद्यालयका प्रधानाध्यापक मनोज श्रीवास्तवले आफुहरुले चाँडै नयाँ भवन निमार्ण गर्न धेरैतिर धाएको तर निराशा मात्र हात लागेको बताए।
उनले हाल विद्यालयमा जम्मा ४ वटा कोठा मात्र रहेकोमा एउटा कोठामा निमार्ण सिमेन्ट सामाग्री राखिएको र सोही कोठामा विद्यालयको अफिस पनि रहेको बताए ।
नगरपालिकाले भवन भत्काउन हतार गरेपनि बनाउन सुस्सता देखाइएको कारण विद्यालयको अवस्था अनि विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको हो ।
नगर प्रमुख सन्तोष मेहत्ताले चाडै पुरानो जीर्ण भवन भत्काएर नया भवन बनाउने भनेपनि आजसम्म सुरसार नगरेको सो वडाका वडाध्यक्ष बिगु साहले गुनासो गरे।


