Tuesday, April 28, 2026

कटहरियामा वडा भेला सम्पन्न

पछिल्लाे समाचार


रौतहट , २१ मंसिर //
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगहीमा वडा भेला सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८।०७९ को वडा स्तरीय योजना छनौट सम्बन्धि भेला वडा कार्यालयको सभा कक्षमा सम्पन्न भएको हो।
सोहि वडाका वडा अध्यक्ष हरिभजन साहको अध्यक्षतामा सम्पन्न भेलाबाट शिक्षा ,स्वास्थ्य,कृषि गरि सबै क्षेत्रलाइ प्राथिमिकता साथ समेटिएको वडाध्यक्ष साहले जानकारी दिएका छन्।

भेलाले विपन्न परिवार सँग वडाध्यक्ष योजना,पोल तार जडान,सिप मूलक तालिम,विद्यालयमा फर्निचर खरिद,ह्यूम पाइप खरिद,भ्रमण सहितको विभिन्न योजनाहरु प्रस्ताव गरिएको थियो ।

वडा सचिव जयराम साहले छनौट गरिएको योजानहरुलाइ अब नगरपालिकामा पेश गरिने बताए।

कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधिहरु ,वडा सदस्य रामपलक साह,शेष हफिज,श्रीपती देवी,सुगिया देवी,बुद्धिजिवी समाजसेवि,नागरिक समाज, महिला, दलित यूवा किसान,बालबालिका ,शिक्षक ,स्वास्थ्य स्वयंसेविका, विभिन्न पार्टीका प्रतिनिधीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधी र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु