Tuesday, April 21, 2026

नक्कली मोविल बनाएर बिक्री गर्ने दुइजना गौर बाट पक्राउ

पछिल्लाे समाचार

रौतहट ३ माघ / नक्कली मोबिल बनाएर बिक्री वितरण गर्ने दुइजना पक्राउ परेका छन उनीहरुको गोदाम बाट हजारौ लिटर नक्कली मोबिल बरामद भएको छ ।
रौतहट गौर नपा ५ स्थित बरहवा पुल नजिक दुइसय लिटर नक्कली मोबिल सहित दुइजना लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।
पक्राउ पर्नेमा राजदेवी नपा ९ का २८ बर्षिय राणा रौशन सिंह र ४२ बर्षिय हरेन्द्र कुमार सिह छन ।
जय शिव शक्ति अटोमोवाईल पसल र सो पसल नजिकै रहेको सुधिर साह तेलीको घर भाडामा लिइ गोदाम संचालन गरी क्यास्ट्रोल, बजाज, हिरोहोण्डा कम्पनीको लोगो प्रयोग गरी मोबिल तथा मोटरसाईकलका पार्टसहरु भण्डारण बिक्री गरेको आरोपमा उनीहरु पक्रा परेका हुन ।
मोबिल भरिएको ३ हजार बट्टा, खुल्ला मोबिल भरि राखेको २ सय लिटरको दुइवटा टिनको ड्रम,मोबिल राख्ने गरेको ९ वटा टिनको खाली ड्रम बरामद गरि अनुशन्धान भैरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु