जनकपुरधाम , १३ माघ //
मधेस सरकारले राष्ट्रियसभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानविन गर्न निर्देशन दिएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम् दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
बुधबार जमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका जनप्रतिनिधिको ७ वटा गाडीमा तोडफोड समेत गरेका थिए ।
आक्रमणबाट प्रदेश सांसद् अशोक यादव, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश कुमार साह, हरिवनका मेयर गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल घाइते भएका छन् ।


