Friday, May 1, 2026

डा. साहलाई घाइते बनाउनेलाई कारवाही गर्न गोदानको माग

पछिल्लाे समाचार


धनुषा , १३ माघ //
जलेश्वर अस्पतालका मेसुलाई घाइते बनाउनेलाई कारवाही गर्न सरकारी चिकित्सक संघ (गोदान)ले माग गरेको छ ।

गोदानले बिहिवार एक विज्ञप्ति जारी गर्दै डा. सतिश साहमाथि कुटपिट गर्नेहरूविरुद्ध मानवअधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधको मुद्दा चलाउन माग गरेको हो ।

गोदानले उनीहरूलाई नियमानुसार गैरजमानी हिरासतमा राखी कारबाही गर्न पनि माग गरेको छ ।

डा. साहमाथि भएको घटनाले स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोबल घटाउने ठहर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुधवार डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा गरेको थियो।
सोहि क्रममा बर्दिबास जाँदै गरेका डा. सतिश साहको गाडी तोडफोड गर्दा डा. साह घाइते भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु