सर्लाही , ८ फागुन //
सर्लाहीबाट एक क्विन्टल बढी लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र विश्वकर्मा र मकवानपुर कैलास गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेका छन्।
लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थ केयर अगाडि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको पिकअप गाडीमा माछा बोक्ने पहेँलो ड्रमभित्रबाट १२६ केजी गाँजा तथा ८५ हजार नगद र दुईवटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत एवम् प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैइरेको सर्लाही प्रहरीले जनाएको छ।


