Tuesday, April 28, 2026

चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ

पछिल्लाे समाचार


बारा , ५ फागुन //
बारा प्रहरीले चोरीको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने आकाश प्रसाद चौरसिया, निरज पासवान र सुनिल यादव रहेका छन् ।

उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ छातापिपरा चौकबाट गत पुष २५ गते चोरी भएको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीय सफिक देवानको प्रदेश नम्बर २–०३–०१४ प. ४५८४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सिमराको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेकाहरुमाथि चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु