Sunday, April 26, 2026

बारा प्रहरीद्वारा मदिरा बनाउने कच्चा पदार्थ नष्ट

पछिल्लाे समाचार


बारा , ९ फागुन //

बारा जिल्लाको बिभिन्न ठाउंबाट मदिरा बनाउने करिब साढे १२ सय लिटर कच्चा पर्दाथ प्रहरीले नष्ट गरेको छ ।

बिशेष सूचनाको अधारमा खटेको प्रहरी टोलीले जिल्लाको महागढिमाई नगरपालिका–३ का राजकुमार राम चमार. जय राम चमार र हृदय राम चमारको घर भित्र अवैध रूपमा संचालन गरी राखेको भठ्ठीबाट ४ सय ५० लिटर.कच्चा पदार्थ तथा ३५ लिटर.तयारी मदिरा नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

यस्तै जितपुर सिमरा उपमहानगरपालिका–१८ लामीडाँडामा अवैध रुपमा संचालनमा रहेको ५ वटा अवैध मदिरा भठ्ठी सहित तयारी मदिरा २८ लिटर र कच्चा पदार्थ .७ सय ६५ लिटर वरामद गरी प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसै गरि कोल्हवी नगरपालिका.–८ नयावस्ती रहेको अवैध घरेलु मदिरा रक्सी बनाउने २ वटा भठ्ठी नष्ट गरी उक्त भठ्ठीमा रहेको कच्चा पदार्थ २ सय लिटर र तयारी मदिरा ४० लिटर सहित मदिरा बनाउन भाडाकुडा ४ थान समेत नष्ट गरेको बारा प्रहरीले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु