पर्सा , ९ फागुन //
पर्सामा नमूना विद्यालय अन्तर्गत चार कोठे भवनको शिलान्यास गरिएको छ ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सोमबार सो भवनको शिलान्यास गरेका हुन्।
मधेश प्रदेश सरकारले घोषण गरेको एक जिल्ला एक नमुना विद्यालय अन्तर्गत पर्साको पुरानो र ऐतिहासिक त्रि–जुद्ध उच्च मावि बिरगंज छनौट भएकाले चार कोठे भवन निमार्ण तथा खेलकुद मैदान निमार्ण कार्य गर्न मुख्यमन्त्री राउतले शिलान्यास गरेका हुन् ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट निणर्य भएको विरगंज प्राविधि विश्वविधालय त्रि–जुद्ध विधालय मै स्थापना गरी कार्यालय लगायतका अन्य कार्यक्रमहरु संचालन गर्ने बताए ।
मुख्यमन्त्री राउतले प्रथम चरण मा ८-१० करोड बजेट विनियोजन गरी प्राविधिक विश्वविद्यालको कार्यक्रमहरु यसै बर्ष देखी संचालन हुने बताए ।नमुना विद्यालयको निमार्ण कार्य तथा प्राविधिक रेखदेख सामाजिक विकास मन्त्रालय, सामाजिक विकास इकाई विरगंजबाट हुने जनाइएको छ ।


