Tuesday, April 28, 2026

मोटरसाइकल चोरी गरी भाग्दै गर्दा १ जना पक्राउ

पछिल्लाे समाचार


पर्सा , ८ फागुन //
मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी २० वर्षीय ईरफान देवान रहेका छन्।

प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ् टोलीले शंकास्पद अवस्थामा ना.१६ प ६५९५ नम्बरको रातो रंगको १ सय ६ सिसीको यामाहा मोटरसाइकललाई रोकेर देवानलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

शनिवार साँझ साढे ७ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ निवासी अनिल साहको घरकै आँगनमा पार्किङ्ग गरि राखिएको अवस्थामा लक तोडी चोरी गरेर भाग्दै गरेको अवस्थामा देवानलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताए ।

देवानविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु