सर्लाही , ८ फागुन //
सर्लाहीमा स्कुलको कम्प्युटर ल्याबमा आगलगी भएको छ।
शनिवार साँझ सर्लाहीको बसवरिया गाउँपालिका वडा नं. ४ धनगढा स्थित रहेको श्री पन्चायत आदर्श माध्यमिक विद्यालयको दुई तल्ले भवनको कम्प्युटर कोटामा आगलगी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
स्कुलको कम्प्युटर कोठामा अचानक विद्युत सर्ट भई आगोलागी हुँदा कम्प्युटर, सिसिटिभी डिसप्ले लगायतका विद्युतिय सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।
आगलागीबाट २४ वटा कम्प्युटर मनिटर, एउटा सिसिटिभी डिसप्ले, ब्याट्रिको क्विनेट १, ब्याट्रिको युपियस १, राउटर १, एलइडी १ वटा गरी करिब दुई लाख बराबरको क्षति भएको निरीक्षक गिरीले जानकारी दिए।


