धनुषा , ४ माघ //
धनुषाको कमला नदीमा अवैध उत्खनन गर्ने ७ वटा टिपर र एकवटा स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ स्थित कमला खोला अवैध वालुवा गिट्टी उत्खन्न् गरी रहेको अवस्थामा प्रहरी चौकी पोर्ताहा धनुषा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उत्खनन गर्ने टिपर र स्काइभेटर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ना.८ ख ६१२४, ना.८ ख. ८३७३, प्र.२-०१-०० ३ ख ००५८, प्र २-०१-००१ख००५९, प्र २-०३-००१ ख ३२२७, प्र.२-०३-००१ ख ५०८४, प्र.२-०१-००१ख ०१११ नम्बरको ७ वटा टिपर ३०७ नम्बरको स्काइभेटर १ वटा नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको उपकरणहरु अवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति धनुषालाई बुझाएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ ।


