Tuesday, April 21, 2026

घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु , अर्का एक घाइते

पछिल्लाे समाचार


सर्लाही , २९ माघ //
सर्लाहीको बागमतीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ,भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा बागमती नगरपालिका–८, खुजुरेचोकका अन्दाजी २५ वर्षीय रामु महतो रहेका छन्।

शनिबार बिहान बागमती नगरपालिका–२, धरहरामा घरको छत ढलानको लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी नीरिक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।
यस्तै घाइते बहेका सोही ठाउँका २१ वर्षीय दिपक कुमार महतोको उपचार भइरहेको उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु