रौतहट , १३ फागुन //
रौतहटमा महिला सेफ हाउस संचालनमा आएको छ। मेची महाकाली बुहारी संयुक्त आवाजले पिडित महिलाहरुलाई सुरक्षित राख्ने उदेश्यले बिहिबार देखि रौतहटको चन्द्रपुर ४ कृषि बैंक अगाडी महिला सेफ हाउस संचालनमा ल्याएको हो।
अहिले घर भाडामा लिएर चार बेडको महिला सेफ हाउस संचालन गरेको मेची महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशकी संयोजक पुजा पाठक तिमल्सिनाले जानकारी दिइन ।
चन्द्रपुरमा महिला सेफ हाउस नहुँदा गरुडा महिला सेल तथा बाराको निजगढ र सर्लाहीको हरिवन जानु पर्ने बाध्यता थियो। तर यो जटिलतालाई मेची महाकाली बुहारी संयुक्त आवाजले समाधान गरेको छ।
सेफ हाउसमा बस्न ,खान लगाएत विभिन्न सुभिधा रहेको संयोजक तिमल्सिनाले बताइन। विभिन्न कारणले प्रहरीले पक्राउ गरेका तथा हिँसामा परेका महिलाहरुका लागि सुरक्षित व्यबस्था रहेको उनले जानकारी दिइन ।
सस्थांले केहि बर्षदेखि हिंसामा परेका महिला तथा पिडित महिलाको पक्षमा वकालत गर्दै आएको छ। संयोजक तिमल्सिनाले अवका दिनहरुमा कुनै महिलाले हिँसा सहेर बस्नु नपर्ने बताइन।
उनले आउने दिनमा महिला सेफ हाउस अझै व्यवस्थित बनाई अघि बढ्ने जानकारी दिइन। संयोजक तिमल्सिनाले विभिन्न गाउँ -गाउँमा गई न्यान्यो कपडा वितरण ,खाद्यान सहयोग लगाएतको सामाजिक कार्य गर्दै आएकी छिन।




