Tuesday, April 21, 2026

वीरगञ्जबाट करिब चार किलो चरेस बरामद

पछिल्लाे समाचार


पर्सा , ३ फागुन //
वीरगञ्जबाट सशस्त्र प्रहरीले करिब चार किलो चरेस बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका -१६ ईनर्वा गाउँदेखि भारततर्फको अहिर्वा गाउँ जाने कच्ची सडकमा सशस्त्र प्रहरी बलले अपरिचित व्यक्तिले फालेको झोला खोलेर हेर्दा तीन किलो ९०० ग्राम चरेस बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले बताए ।

सशस्त्र प्रहरी बल १३ नं गणबाट खटिएको प्रहरी टोलीले चेकप्वाइन्ट राखेको देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका एक जना व्यक्तिले तरकारी बोक्ने झोला फालेर भागेका थिए ।

झोला खोलेर चेकजाँच गर्दा टेपले बेरिएको आठवटा प्याकेटमा तीन किलो ९०० ग्राम चरेस फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु