Tuesday, April 28, 2026

चन्द्रपुर ५ मा अनेमसघ र राष्ट्रिय युवा सघ को भेला सम्पन्न , ३६ जना एमालेमा प्रवेश

पछिल्लाे समाचार

रौतहट १६ फागुन / चन्द्रपुर नगर पालिका वडा नं ५ मा सोमवार वडा भेला बाट अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गरीएको छ ।
सो भेला बाट अनेमसंघ को अध्यक्षमा, सुमित्रा देवि चौधरी,उपाध्यक्ष मा ठुलिकान्छि राइ,सचिव मा सुनिता तिमल्सिना,सहसचिव रन्जिता राइ यादव सहित१९ सदस्य वडा कमिटी गठन गरिएको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय युवा संघ मा रामकुमार कटुवाल को अध्यक्षतामा कमिटी गठन भएको छ ।
उपाध्यक्ष सञ्जय बिक, मनिष चौधरी, सचिव,कपिल राज दाहाल, सहसचिव, रामकुमार साह, कौसल कुमार गुप्ता सहित ३१ सदस्य कार्य समिति चयन गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता वडा कमिटी का उपाध्यक्ष राकेस राम ले गरेका थिए भने प्रमुख अतिथि जिल्ला कमिटी सदस्य मुना लामिछाने ,अथिति हरु जिल्ला कमिटी सदस्य टिका घिमिरे , चन्द्रपुर नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारी , सदस्य एवं वडा इन्चार्ज माधब कुइकेल , अनेमसंघ का नगर अध्यक्ष खिल कुमारी गौतम, राष्ट्रिय युवा संघ नगर सहसचिव उमेस फुयाल लगायत को उपस्थित रहेको थियो ।
कार्यक्रममा गत चुनावमा नेकपा माओवादी बाट गत निर्वाचनमा प्रत्यासी गिता देवि बैठा को नेतृत्व मा ३६ जाना नेकपा एमाले मा प्रवेश गरेको चन्द्रपुर नगर कमिटीका उपाध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु