सर्लाही , ४ फागुन //
सर्लाहीको लालबन्दीमा स्कुटर दुर्घटना हुँदा एक जना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका ६ ढल्केबर बस्ने ६० वर्षीय रामलाल पाख्रिन रहेका छन्।
मंगलबार दिउँसो लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित चोकदेखि केही मिटर उत्तर भित्री सडकमा बनाइएको स्पिड बे्रकरमा ज १२ प ३८०३ नम्वरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाई नवलपुरमा सामान्य उपचार गराइ थप उपचारका लागि विराटनगर पुर्याइएकोमा राती त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीेले जानकारी दिएको छ ।


