Tuesday, April 28, 2026

सप्तरीको सप्तकोशी नगरपालिकामा झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते

पछिल्लाे समाचार


सप्तरी , ८ फागुन //
सप्तरीको सप्तकोशी नगरपालिकामा विभिन्न राजनीतिक दलले लगाएको ताला तोडेपछि झडप हुँदा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् ।चार दलका कार्यकर्ताले आइतबार पुनः ताला लगाउन खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।

नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको हो ।

आर्थिक वर्ष २०७८/७९ का नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले गत माघ २४ गते नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरुले बिहीबार तालाबन्दी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु