बारा , ३० फागुन //
नेपाली कांग्रेस बाराको सभापति पदमा राजेश राय यादव निर्वाचित भएका छन् ।
यादवले आफ्ना प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई ५२ मतान्तरले पराजित पराजित गर्दै कांग्रेस सभापतिमा विजयी भएका हुन् ।
यादवले १ हजार २ सय ६ मत प्राप्त गरेका छन्।प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीका अनुसार खसेकोमध्ये २९ मत भने बदर भएको छ ।


