रौतहट २३ फागुन / नेपाली काङ्ग्रेस रौतहटको जिल्ला को अधिवेशनमा करिव २३ सय मत खसेको छ ।
सोमवार बिहान ९ बजे बाट शुरु भएको थियो । क्षेत्र नं १ बाट जममा मत ६ सय ७३ मध्ये ५ सय ५६ मत , क्षेत्र नं २ जम्मा मत ६ सय ७२ मध्ये ५ सय ९३ मत , क्षेत्र नं ३ जम्मा मत ७ सय ३९ मध्ये ६ सय ३० मत, क्षेत्र नं ४ मा जम्मा मत ५ सय ४ मध्ये ४ सय ८५ मत खसेको छ ।
रौतहटमा काग्रेसको सभापती पदमा जितेन्द्र यादव (सुनिल ) र हृदय नारायण यादव बिच प्यानल नै बनाएर चुनावि प्रतिस्पर्धामा छन । गौरको जुद्द माबिमा भएको मतदान ५ बजे सकिएको छ ।


