रौतहट २४ फागुन । संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ को प्राबिधिक सहयोगमा ११२ औ नारी दिवसको अबसरमा चन्द्रपुर ७ नया बस्ती कटानिको जनता आधारभुत बिधालयमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।
स्वास्थ्य शिविरको उदघाटन चन्द्रपुर ७ का वडा अध्यक्ष बिष्णु उप्रेतीले गर्नुभएको थियो भने अतिथिहरुमा चन्द्रपुर न पा का सहकारी फाट्का नसरे आलम,सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ का संचालक राजन शाह ,स्वास्थ्य उप चौकी बनबहुवरीका बिजय तिवारी लगायतको रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बिभु पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रम सन्चालन सस्थाका सचीव कुल बहादुर थापाले गर्नु भएको थियो ।सो अवसरमा सस्थाका संचालक ,कर्मचारी ,नागरिक समाजका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।शिविर बिहान १० बजे देखि अपरान्ह ४ ३० सम्म ३ सय ७० जना लाई विभिन्न रोग सम्बन्धि सेवा प्रदान गरिएको थियो ।
चन्द्रपुर न पा को गरिव बस्तिको रुपमा चित्रित सो स्थानका बासिन्दा घरआगनमा आएर सेवा दियकोमा संकल्प साकोस लाई धन्यवाद दिएका छन ।
संकल्प साकोस सस्थाले प्रत्येक बर्ष सामाजिक उत्तरदाइत्वको महसुस गरेर निरन्तर चेतनामूलक ,तथा सेवामुलक कार्यहरू गर्दै आएको छ ।


