Tuesday, April 21, 2026

सलेमपुरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , १५ चैत //
सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा साेमबार दिउँसाे भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मलंगवा नगरपालिका–३, निवासी २६ वर्षीय मकबुल लहरी सफी रहेको प्रहरीले जनाएको छ।

उनलाई मलंगवा स्थित प्रादेशिक अस्पतालबाट थप उपचारका लागि वीरगंजतर्फ लगिएकाे र त्यहाँ पुग्ने वितिकै चिकित्सकले मृत घोषणा गरेकाे सर्लाही प्रहरीले जनाएकाे छ ।

साेमबार दिउँसाे साँढे १ बजे सलेमपुरबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कविलासी नगरपालिका–१०, सलेमपुरमा बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मलंगवा नगरपालिका–३ निवासी २७ वर्षीय तौखिन मिकरानीलाई भने तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याउने वितिकै चिकित्सकले मृत घोषणा गरेका थिए । पछाडि सवार सफीलाई भने थप उपचारका लागि वीरगंज पठाईएकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु