Tuesday, April 21, 2026

सांसद बृजेशकुमार गुप्तासहित १० हजार बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

पछिल्लाे समाचार


रौतहट , १४ चैत //
पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग १० हजार बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा संघीय सांसद बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १, वडा अध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनालप्रताप साह, राप्रपाका नेता खेमराज लगायतका १० हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु