रौतहट , १४ चैत //
मधेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छिर्न खोज्दा चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका ३९ जना नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा निषेधाज्ञा तोडर भित्र प्रवेश गर्न खोज्दा ३९ जना अभियानीलाई पक्राउ जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।
चुरे संरक्षण र सुकुम्बासी समस्यासंग समबन्धित मधेश प्रदेश सरकारले अभियानसंग गरेको सात बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
६ महिना अघि अभियानका नेताकार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेश सरकारले ७ बुँदे गरेपनि कार्यान्वयन नगरेको अभियानको आरोप छ ।


