बारा , ४ चैत//
बारामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका १८ माथिल्लो बडहर्वाका ४ वर्षीय रियान थापा मगर रहेको प्रहरीले जनाएको छ।
पिलुवा–कलैया सडकखण्डको मोतीचोक नजिकै बिहीबार बिहान नम्बर नखुलेको मोटरसाइकलको उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज मा भर्नां गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ


