रौतहट २४ फागुन / स्वास्थ्य कार्यालय गौर रौतहटका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएको घटनाको बिरोध गरेको छ ।
स्वास्थय कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फछर्योट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य
झालाई ज्यान मार्ने धम्की दिएका थिए ।
तत्कालिन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोमा विभिन्न कार्यक्रम संचालन गर्नका लागी पेश्की लिएको एक जनाले कर्मचारीले बताएका छन ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरेश राय यादवसँग सम्पर्क गर्दा ९७ लाख रुपैयाँ पेश्की पासपत राय यादवले लिएको स्वीकार गर्दै पेश्की फछर्योट गर्न वारम्वार ताकेता गर्दा पनि फछर्योट नगरेको कार्यालय प्रमुख यादवले बताउदै फछर्योट गर्नका लागी पत्र काटी सकेको बताएका छन ।
नेपाल पत्रकार महासंघ तथा प्रेस चौतारी नेपाल रौतहट शाखाले प्रेस विज्ञप्ति जारी गरी घटनाको सत्य,तथ्य छानबिन गरि दोषिलाई नियमअनुसार कार्यवाही गर्न सम्बद्ध निकाय सँग जोडदार माग गरेको छ ।


