Tuesday, April 21, 2026

म विरुद्व रौतहट प्रशासनले षड्यन्त्र गर्दैछ :पुर्व मन्त्रि प्रभु साह

पछिल्लाे समाचार


रौतहट , ४ फागुन //
पुर्व मन्त्रि प्रभु साहले आफूविरुद्ध रौतहट प्रशासनले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका साहले बुधबार राति रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ युवकको मृत्यु भएको विषयमा उनी र उनका परिवारप्रति स्थानीय प्रशासन पूर्वाग्रही भ‌एर कदम चालिरहेको जनाउँदै उनले सतारुढ गठबन्धनको दबाबमा स्थानीय प्रशासनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई फसाउने मनासयले कदम चाले कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

सवारी चालक पक्राउ परिसकेको अवस्थामा पनि सवारी धनीलाई अनावश्यक मुद्दा गरेर फसाउने षड्यन्त्र गरिरहेको भन्दै रौतहट प्रशासनले यसमा पक्षपाती व्यवहार गरिरहेको उनले आरोप लगाएका छन् ।

एमालेको बढ्दो लोकप्रियताले डराएका विपक्षीहरुले आफू र आफ्नो परिवारलाई जालझेल, षड्यन्त्र र अनावश्यक आरोप लगाउँदै आफू र पार्टीलाई बद्नाम गर्न खोजेको साहको आरोप छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु