Saturday, April 25, 2026

दुई वटा बस एकआपसमा ठक्कर खाँदा १४ जना घाइते

पछिल्लाे समाचार


रौतहट , ३ चैत //
रौतहटको पूर्व-पश्चिम राजमार्गमा दुई वटा बस एकआपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् ।

आज बिहान साढे तीन बजेको समयमा पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका १ को पूर्वी लच्कामा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको लु २ ख ४७५८ नम्बरको बसलाई सोहि दिशातर्फ जादै गरेको ना ७ ख २०८१ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हाे ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र २–०३–००५ प १५४ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा ना ७ ख २०८१ नम्बरको बसले अर्को बसलाई पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए ।

उनका अनुसार घाइते १४ जनाको हात, खुट्टा , टाउको लगातय शरीरका विभिन्न भागहरुमा चोट लागेको छ । घाइतेहरुको चन्द्रनिगाहपुर स्थित एपोलो सिटी अस्पताल र चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको डिएसपी लामिछानेले जानकारी दिए ।

घाईते सहचालक कृष्ण घिमिरेलाइ भने चन्द्रपुर प्रा.लि.मा सामान्य उपचार पश्चात थप उपचारको लागि साथ न्यूरो बिरगंज पठाईएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु