Tuesday, April 21, 2026

माेटरसाईकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु , अर्का एक घाइते

पछिल्लाे समाचार


सर्लाही , १४ चैत //
सर्लाहीमा माेटरसाईकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने अर्का एकजना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको मलंगवा नगरपालिका-३ का २७ वर्षीय तौखिन मिकरानी रहेका छन्।

सोमबार दिउँसो साँढे १ बजे सर्लाहीकाे कबिलासी नपा-१०, सलेम्पुर स्थित मंलगवाबाट बरहथवा जाने क्रममा प्रदेश-२-०३-०१८ प ९६८३ नम्बरको माेटरसाईकल आफै अनियन्त्रीत भई सडक छेउको विद्युत पोलमा ठोक्किंदा मोटरसाइकल चालक मिकरानी गम्भीर घाइते भएका थिए।

गम्भीर घाईते मिकरानीकाे प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस्तै गम्भीर घाईते भएका माेटरसाईकल पछाडी सवार मलंगवा-३ निवासी २६ वर्षीय मकबुल लहरी सफिलाई उपचारका लागि वीरगंजतर्फ पठाईएकाे र दुर्घटनामा परेकाे माेटरसाईकल नियन्त्रणमा राखेर अनुसन्धान भईरहेकाे सर्लाही प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु