धनुषा , १५ चैत //
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सबैला २ का १२ वर्षीय लक्ष्मी यादव, सोही उमेरका विकास यादव, १४ वर्षीय सुमित यादव र १५ वर्षीय राहुल यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको सबैला नगरपालिका २ मा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एउटै मोटरसाइकलमा सवार चार जना बालकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । राहुल यादव मोटरसाइकल चालक थिए ।
सोही दुर्घटनामा परेर घाइते भएका १९ वर्षीय सुरेन्द्र यादवको उपचार भइरहेको डिएसपी बस्नेतले बताए


