Tuesday, April 21, 2026

सप्तरीबाट एक थान कटुवा पेस्तोल बरामद

पछिल्लाे समाचार


सप्तरी , १५ चैत //
सशस्त्र प्रहरीले सप्तरीबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।जिल्लाको राजगढ गाउंपालिका वडा न.– ६ बाट सशस्त्र प्रहरीले सो पेस्तोल बरामद गरेको हो ।

सोमबार राति करिब ११ बजेतिर भारतबाट चोर बाटो हुँदै लुकिछिपी हतियार ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीका टोलीले राजगढ गाउंपालिका वडा न.–६ बर्दाहीमा रहेको आँपको बगैंचाबाट सो पेस्तोल बरामद गरेको हो।

प्रहरी टोली आएको थाहा पाएपछि हतियार बोक्ने व्यक्ति झोलामा राखिएको पेस्तोल बगैंचामा फालेर फरार भएका छन् ।

पेस्तोल आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु