महोत्तरी , १५ चैत //
महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष र जलेश्रव नगरपालिकाकी उपमेयर सहित केही नेताहरु एमाले प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता एवं सम्सी गाउँपालिका अध्यक्ष शेख फारुख, जलेश्वर नगरपालिकाकी उपप्रमुख मुन्चुन देवी लगायतका नेताहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष ओलीले अध्यक्ष र उपमेयर सहित विभिन्न वडाध्यक्षहरु तथा नेकपा एसको रौतहट जिल्ला सदस्य रामबिनोद साह, बारा जिल्ला युवा अध्यक्ष राम यादव लगायत दर्जनौ नेता कर्याकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।


