Thursday, April 30, 2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

पछिल्लाे समाचार


रौतहट, ११ बैशाख //
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

आगामी जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले समयतालिका परिवर्तन गरेको हो ।

यसअघि सार्वजानिक गरेको समयतालिकामा बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने भनिएको थियो ।

परीक्षा बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाइएको ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु