Thursday, April 30, 2026

कटहरिया ४ का वडा अध्यक्ष कुशवाहाले दिए राजिनामा

पछिल्लाे समाचार


रौतहट , ११ बैशाख //
कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दनकुमार कुशवाहाले राजिनामा दिएको छन् ।

अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह समक्ष राजिनामा दिएका हुन् ।

निर्वाचन आयोगको तालिका अनुसार स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि आईतबार र सोमबार सबै राजनीतिक दलहरुले मनोनयन दर्ता गराउनु पर्ने छ । साथै मनोनयन दर्ता गर्नका लागि पदबाट राजीनामा दिनु पर्ने प्रावधान रहेकोले स्थानीय तहका जिम्मेवार प्रतिनिधिहरु धमाधम राजीनामा दिदै छन् ।

उनी नेकपा माओवादी केन्द्र बाट वडा अध्यक्षमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । फेरी पनि सोही पदका लागि एमाले पार्टी बाट उम्मेद्धारी दिने भएका छन्।
उनले भोली सोमबार मनोनयन दर्ता गराउने जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु