Thursday, April 30, 2026

टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु

पछिल्लाे समाचार


बारा , ७ बैशाख //
बारामा टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका १८ मनगढवाका स्थानीय कौशिला देवी रहेकी छन्।

मंगलबार राति ८ बजेको समयमा कलैया उपमहानगरपालिका १८ मनगढवामा सडक पार गर्दै गरेकी उनलाई ना१ह ६०८२ नम्बरको टेम्पोले ठक्कर दिंदा उनि गम्भीर घाइते भएकी थिइन्।

घाइते कौशिला देवीलाई उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज अस्पतालमा ल्याइएपनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना पश्चात् टेम्पोसहित चालकलाई नियन्त्रणमा लिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु