रौतहट , १२ असार //
जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली काँग्रेसका रामअयोध्या राय यादव निर्वाचित भएका छन्।
नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवार यादव समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् । यादवले २६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेबाट प्रमुखको उम्मेदवारी दिएका शेरबहादुर पटेलले ५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेकपा एसका उम्मेदवार महेश बैठाको पक्षमा २६ मत र उनका प्रतिद्धन्दी एमालेका प्रमिला देवले ५ मत प्राप्त गरेका छन् ।
यस्तै सदस्यहरुमा मोज्जमिल्ल आलम, अशोककुमार झा, सर्पलाल प्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, विजलिया देवी र किरण देवी साह निर्वाचित भएकी छन् ।
दलित सदस्यमा किरणदेवी साह निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएको छ । जिल्ला समन्वय समितिको कुल मतदाता ३६ जना मध्ये नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र गरेर २४ जना पक्षमा रहेको थिए ।
गत १० गते उम्मेदवारी दर्ता गराएपछि गठबन्धनको विजय सुनिश्चित थिए तर औपचारिक रुपमा विजयी घोषणा हुन मात्रै बाँकी रहेको थियो ।
गठबन्नबाट नेपालि कांग्रेसका प्रमुख सहित ५ पद, नेकपा एस उपप्रमुख सहित ३ पद र नेकपा माओवादी १ पदमा तालमेल गरेर निर्वाचनमा जाँदा गठबन्धन विजयी भएका हुन्।


