Thursday, April 30, 2026

लागूऔषध सहित महोत्तरीबाट एकजना पक्राउ

पछिल्लाे समाचार


महोत्तरी , १४ असार //
महोत्तरीबाट लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ८ जमुनिबासका २६ वर्षीय उपेन्द्र कुमार राम रहेका छन्।

आइतवार साझ करिब साढे ५ बजे महोत्तरीको सम्सी गाउँपालिका ६ गैडा चौक स्थित प्रहरी चौकी सम्सीबाट खटेको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री रामलाई चेकजाँत गर्दा निटजा केयर लेखिएको ७५ पिस ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु