Thursday, April 30, 2026

लाागूऔषधसहित सर्लाहीबाट चारजना पक्राउ

पछिल्लाे समाचार


सर्लाही , १४ असार//
सर्लाहीको छुट्टा छुट्टै स्थानबाट लाागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेम सुनसरीको धरान उपमहानगरपालिका ७ का २० वर्षीय एलिक्स राई, सर्लाहीको लालबन्दी नगरपालिका १ का २० वर्षीय जितेन्द्र कुमार महतो, २४ वर्षीय रविन कुमार महतो र रौतहटको चन्द्रपुर नगरपालिका २ का १९ वर्षीय सुमित चौधरी रहेका छन्।

चारैजनालाई एकै दिन विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कबिलासि नगरपालिका ८ अगर्वा स्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको पैदल यात्री एलिक्सलाई शंकाको आधारमा सशस्त्रको चेक प्वाईन्टमा खटेका सशस्त्र प्रहरी टोलिले चेक जाँच गर्दा नाईट्रोभेट ट्याब्लेट १२ सय पिस बरामद भएको सूचना अधिकृत प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

लालबन्दी १ भित्री सडक खण्डको गोरु बजार स्थित बिशेष सुचनाको आधारमा प्रहरी टोलीले ना ३७ प ४८९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा स्याउको खाली काटुनबाट १० केजी लागूऔषध गाँजा सहित महतोद्वयलाई पक्राउ गरिएको हो ।

कबिलासि नगरपालिका ८ अगर्वा स्थित चौधरीलाई प्रहरीको गस्ती टोलीले शंकाको आधारमा चेकजाँच गर्दा नाईट्रोभेट ट्याब्लेट १५० पिस सहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिएका छन्।

यस सम्बन्धम थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु