सप्तरी , १३ असार //
सप्तरीमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ भुतहीका ५० वर्षीय रघुबिर राम रहेका छन्।
गएराती पौने १२ बजे डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा पैदल हिडिरहेका उनलाई बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


