Thursday, April 30, 2026

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु

पछिल्लाे समाचार


पर्सा , १५ असार //
पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा रेन्जका ३२ वर्षीय हरिन्द्र दास थारु रहेका छन्।

मंगलबार दिउँसो ३ बजेतिर खेतमा काम गरेकै बेला वर्षासहित परेको चट्याङ लागेर थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु