Thursday, April 30, 2026

बिहीबार दिउँसोदेखि हराएका बालकको शव फेला

पछिल्लाे समाचार


रौतहट , ३१ असार //
वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान फेला परेको हो
बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए ।

दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मीहरु परिचालन भए पनि बिहीबार फेला पर्न सकेन।

खोजीकै क्रमममा हर्षकुमार झाको शव शुक्रबार बिहान दुर्गाभगवती-५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलमा वाग्मती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु