Tuesday, April 28, 2026

हरिवनमा गाडीको ठक्करबाट एक युवकको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , १७ असार //
सर्लाहीको हरिवनमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय जयबहादुर वि.क रहेका छन्।

बिहीबार राती पूर्व–पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका ११ कडरिया चोकमा नम्वर नखुलेको गाडीले ठक्कर दिँदा वि.क गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनलाई उपचारका लागि तत्कालै नमूना अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
हरिवन प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा ट्रकललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डीएसपी विजय यादवले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु