रौतहट , १७ असार //
रौतहटको बौद्धीमाई नगरपालिका वडा नम्बर ८ बंकुल स्थित रहेको रौतहट बोर्डिङ्ग स्कुलबाट बिहिवार दिउसो चोरी भएको मोटरसाईकल सहित मोटरसाईकल चोरलाई प्रहरी चौकी बंकुलले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बौद्धीमाई नगरपालिका ७ निवासी ३२ वर्षिय मुकेश यादव रहेका छन्।
प्रहरी चौकी बंकुलका प्रमुख प्रहरी सहयक निरिक्षक सुनिल कुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले ना १६ प ८९४७ नम्बरको मोटरसाईकल र चोरीमा संलग्न यादवलाई थप कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए।


