सिरहा , ८ साउन //
सिरहामा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको अर्नमा गाउँपालिका २ ब्रहमपुरीका ४५ वर्षीय कालेश्वर महतो कोईरी रहेका छन्।
शनिबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो।
४० वर्षीया महिलालाई बलात्कार गरेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएका छन्


