Friday, April 24, 2026

कटहरियामा बाल पोषण भता वितरण

पछिल्लाे समाचार


रौतहट ,३ असोज //
कटहरिया नगरपालिकामा बाल पोषण भता वितरण गरिएको छ ।
जिल्लाको कटहरिया नगरपालिका वडा नं. ८ मा बाल पोषण भता वडा कार्यालय बाट वितरण सुरु गरिएको हो ।

आईतवार एक कार्यक्रमका बिच वडा नम्बर ८ का वडाध्यक्ष समिश बिक्रम शाहको रोहबरमा भता वितरण गरिएको हो ।

बैंकमा गएर बालपोषण भता बुझन समस्या भईरहेको गुनासो आउन थालेपछि वडा अध्यक्ष शाहले नगरप्रमुख अजय प्रकाश जयसवाल र बैंकका कर्मचारीहरू सँग समन्वय गरि वडा कार्यालय बाट नै बितरण गराउन लागेका हुन् ।
आर्थिक वर्ष २०७८÷७९ को वितरण गर्न बाँकि रहेको बाल पोषणा भता उपलब्ध गराइएको हो । वडाको पिप्रा पोखरिया र बलुवा टोलका सयौं बालबालिकाहरू लाई वितरण गरिएको वडा अध्यक्ष शाहले जानकारी दिए । बिहीबार सम्म बालपोषण भता क्रमशः वितरण गरिने वडा अध्यक्ष शाहले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु