रौतहट , ३ असोज //
राैतहटकाे गुजरा नगरपालिका वडा नं. ४ को श्री मावि कनकपुरमा चार कोठे भवन शिलान्यास गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ३६ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे साेमबार एक कार्यक्रमका बीच नगर प्रमुख सन्तलाल चाैधरीले शिलान्यास गरेका हुन् ।
नगरप्रमुख चाैधरीकाे अथक प्रयास र मेहनत पछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन निर्माण हुन लागेको हो । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने नगरप्रमुख चाैधरीकाे भनाई रहेको छ।
देशमैं गुजरालाई एउटा नमुना नगरको रुपमा विकास गर्ने अठोट लिएको नगरको नेतृत्वले पछिल्लो समय गुजरालाई शिक्षाको हब समेत बनाउन शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे नगरप्रमुख चाैधरीले बताए ।
साे अवसरमा गुजरा नगरपालिकाकि उपमेयर रत्ना लामा प्रमुख प्रशासकीय अधिकृत बिनाेद जयसवाल,शिक्षा संयाेजक शिवमंगल शाह,वडाध्यक्ष झमक प्रसाद चाैलाई,प्रधानाध्यापक मनाेज कुमार यादव,नेपाली काँग्रेसका नेता कुमार चाैलागाई,विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेख सैनुलाह,नगर प्रवक्ता बिजय साह बानिया,लेखापाल बिजय राय यादव, लगायत शिक्षक-शिक्षिका, छात्रछात्रा,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूकाे सहभागिता रहेको थियो ।


